तेजस्वी प्रकाश बनिन् बिग बोस सिजन १५ की विजेता

    १८ माघ, २०७८



टिभि अभिनेत्री तेजस्वी प्रकाशले रियालिटी शो बिग बोस सिजन १५ को उपाधि जितेकी छिन्। प्रतिक सहजपाल उपविजेता बनेका छन्। शोका एन्कर सलमान खानले विजेताको नाम घोषणा गरेका हुन्। तेजस्वीले विजेता ट्रफीसँगै ४० लाख रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

बिग बोस सिजन १५ को फाइनलमा तेजस्वी प्रकाश, प्रतीक सहजपालसँगै करण कुन्द्रा, शमिता शेट्टी र निशान्त भट्टले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। करण कुन्द्रा तेस्रो नम्बरमा थिए। हरेक पटक जस्तै यस पटक पनि उत्कृष्ट ५ प्रतियोगीले पुरस्कार राशी लिएर बाहिरिने विकल्प पाएका छन्। निशान्त भट्टले यो विकल्प रोजे।

यस सिजनमा तेजस्वी प्रकाश करण कुन्द्रासँगको सम्बन्धका कारण चर्चामा थिइन्। तेजस्वी र शमिता शेट्टी बीचको विवादलाई शमिता शेट्टी र करण कुन्द्रासँगको विवादलाई पनि शोमा कभर गरिएको थियो।

कलर्स टिभी च्यानलमा देखाइने बिग बोसको यो सिजन अघि भोट एपमा बिग बोस ओटीटी रियालिटी शो पनि देखाइएको थियो। शोका शीर्ष ५ मध्ये तीन शमिता, प्रतीक र निशान्त पनि बिग बोस ओटीटीमा सहभागी भइसकेका छन्। यो सिजनमा तीनैको मित्रताको निकै चर्चा भएको छ।

तेजस्वी प्रकाश बिग बोसको घरमा करिब ४ महिना बसिन्। यी ४ महिनामा कहिले घरका अरु सदस्यहरु संग राम्रो मित्रता भयो त कहिले मनमुटाव पनि भयो।

मुम्बईमा जन्मेकी र हुर्केकी तेजस्वी प्रकाश इन्जिनियरिङमा स्नातक हुन्। सन् २०१८ मा ‘स्टार प्लस’ बाट प्रसारण भएको सिरियल ‘कर्ण संगिनी’ मा उर्वीको भूमिकाबाट उनी थिइन्। 



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन