धवलागिरि अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

    ९ माघ, २०७८



बाग्लुङ । धवलागिरि अस्पताल न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा पुनः उत्कृष्ट अस्पतालका रूपमा देखिएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक आर्थिक वर्षमा दुई पटक हुँदै आएको मापदण्डमा ५० शय्या क्षमता ९सेकेण्डरी ुएु० का अस्पतालमध्ये अस्पतालले सर्वाधिक नम्बर प्राप्त गर्दै आएको छ ।

अहिले उत्कृष्ट भएको अस्पताल गएको आव र गएको असारमा भएको सर्वेक्षणका क्रममा समेत अस्पताल उत्कृष्ट घोषण भएको थियो । धवलागिरि , गोरखा, म्याग्दी र लमजुङ अस्पतालमध्ये न्यूनतम स्वास्थ्य मापदण्डका आधारमा १०० मा ८४ अङ्क प्राप्त गर्दै गण्डकी अस्पतालका ५० शय्याको अस्पतालमध्ये धवलागिरि अस्पताल उत्कृष्ट भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य तथा शिक्षा अधिकृत नवराज शर्माले जानकारी दिए ।

 



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन