आज अदालत नखुल्ने

    ९ माघ, २०७८



सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ।

सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधीकरण गरी देशभरका अदालतमा आइतबार शोक बिदा दिने निर्णय गरेको उल्लेख गरेका छन्।

पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा बुधबार निधन भएको थियो।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन