अर्घाखाँची : शितगंगामा लागू ओैषध चरेस सहित २ जना पक्राउ

    ६ माघ, २०७८



अराज बेल्वासे
अर्घाखाँची । शितगंगा नगरपालिकन वडा नम्बर ८ सातमाराबाट डेड किलो लागू अवैध ओैषध चरेस सहित २ जना पक्राउ परेका छ ।

इलाका प्रहरीकार्यालय ठाडा मातहतको टालीले दाङका २ जना लाई किनबेच गरिरहेको अबस्थामा पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि अदालत बाट ७दिनको म्याद थपगरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ठाडा का प्रहरी निरिक्षक सन्दिप बेल्बासेले जानकारी दिए ।

दाङको राप्ती गाउपालिका भालुवाङका ३५ बर्षिय र ४२ बर्षिय पुरुषले अवैध लागू ओैषध चरेस किनबेच गरिरहेको सुचनाको आधारमा इप्रका ठाडा मातहतको सातमारा प्रहरी चौकीले उनिहरुलाइ पक्राउ गरेको हो ।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन