विश्वमा भइरहेको टकरावकाे नतिजा खतरनाक निस्कन सक्छ : सी जिनपिङ

    ४ माघ, २०७८



चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा भइरहेको टकरावको नतिजा खतरनाक निस्कन सक्ने बताएका छन ।

विश्व आर्थिक मञ्चको भर्चुअल सत्रमा विशेष सम्बोधन गर्दै राष्ट्रपति सीले एक अर्काबीचको टकरावको नतिजा फलदायी नहुने टिप्पणी गरेका हुन । 

साथै सीले एकअर्काप्रतिको सम्मानका आधारमा मात्र समृद्धि हासिल गर्न सकिने बताएका छन। समृद्धिका लागि मतभिन्नतालाई पन्छाएर विभिन्न देश र सभ्यताको साझा आधार खोज्नु पर्ने उनको भनाइ छ ।

इतिहासले पनि यसको पुष्टि गरेको उनले बताए । कोरोना महामारीले सङ्कट निम्त्याउने भएकाले समस्या समाधानका लागि साझा प्रयासको खोजी गर्नुपर्ने उनको सुझाव छ ।

यस्तै, कोरोना महामारीका कारण विश्वकै अर्थव्यवस्था खराब हुनबाट रोक्न आर्थिक नीतिको समन्वय गर्न पनि उनको आह्वान छ । 



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन