सन्धिखर्क नगरप्रमुख भुसालसहित नगरपालिकाका १५ जना कर्मचारीमा कोरोना पुष्टिमाघ ७ गते सम्मका लागि अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द ग

    ३ माघ, २०७८



भिम बिसी,
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल सहित नगरपालिकाका १५ जना कर्मचारीमामा कोरोना पुष्टि भएको छ ।

कर्मचारीमा कोरोना देखिएपछि नगरपालिकाले माघ ७ गते सम्मका लागि अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरीएको प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले जनाकारी दिए ।

सन्धिखर्क नगर कार्यपालिकाको निर्णय अनुसार माघ ४ गतेदेखि लागु हुने गरि माघ ७ गतेसम्म नियमित कामज तथा सेवा बन्द गर्ने निर्णय भएको हो ।

साथै नयाँ भेरियन्ट सहितको जोखिम सन्धिखर्क नगरपालिकाभित्रमा पनि देखिन सक्ने भएकाले उच्च सर्तकता अपनाउन नगरपालिकाले नगरवासिमा अनुरोध समेत गरेको छ  । नगरपालिकाद्धारा निकालिएको सुचना

[caption id="attachment_5040" align="alignnone" width="650"]नगरपालिकाद्धारा निकालिएकाे सुचना नगरपालिकाद्धारा निकालिएकाे सुचना[/caption]



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन