भुकम्पीय पुर्ब तयारी विषयक अन्तरक्रिया

    २ माघ, २०७८



भिम विसी
अर्घाखँची ।
 जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा भुकम्पीय सचेतना सुरक्षित संरचना भन्ने मुल नाराका साथ २४ औं रास्ट्रिय भुकम्प दिवसको भुकम्प स्मृति तथा भुकम्पीय पुर्ब तयारी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी नुमराज पन्थीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा शसस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक रामकृष्ण महर्जन, छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ, प्रहरी निरिक्षक सुजन विक्रम शाह, नेपाली सेनाका उत्तम अर्याल, जिल्ला समन्वय समितिका शाखा अधिकृत सृजना भुसाल, सन्धिखर्क नगरपालिकाका अधिकृत छैठौ थानबहादुर महत्रा, उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसाल, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला अध्यक्ष अशोक खनाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष कुशल भुसालले भुकम्प र यसबाट बच्नुपर्ने विषयमा प्रिजिन्टेसन गरेका थिए । कार्यक्रममा स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्ना पालिका हरुमा भुकम्प प्रतिरोधात्मक घर बनेका र पालिका स्तरीय कार्यबिधी बनाइ सकिएको जानकारी गराएका थिए ।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन