विद्यालयमा शैक्षिक सामाग्री वितरण

    २० पौष, २०७८



सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिक-१० मा रहेको अरनिको आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । 

लायन्स क्लब अफ काठमाण्डौ नमस्ते स्प्रींग र लायन्स क्लब अफ काठमाण्डौ सुपा देउरालीले अरनिको आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । 

शैक्षिक सामाग्री वितरण गर्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको लागि झोला, कापी र कलम वितरण गरिएको लायन्स क्लबका नारायण क्षेत्रीले बताएका छन्  । 

कार्यक्रममा सन्धिखर्क नगरपालिका-१० का वडाअध्यक्ष लक्ष्मीनारायण चुँदाली, सन्धिखर्क नगरपालिकाका शिक्षा शाखा प्रमुख मञ्जु आचार्य, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, वडा सदस्यहरु शान्ता नेपाली, चमकला भुसाल, ऋषिकेस भुसाल, वडा सचिव विष्णुप्रसाद भुसाल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर आचार्य लगायतको उपस्थिति रहेको थियो । 



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन