उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा

    १० मंसिर, २०७८



चितवन । नेकपा एमालेका नेता घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । हाल उपमहासचिव रहेका भुसालले आफ्नो दावी उपाध्यक्षमा रहेको अनलाइनखबरसँग बताए ।

नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिशेन शुक्रबारदेखि चितवनमा सुरु भएको छ । आज शुक्रबार उद्घाटन सत्र सकिएको छ भने भोलि सौराहमा बन्दसत्र सुरु हुनेछ । निर्वाचन समितिका अनुसार भोलि नै उम्मेदवारी दर्ता हुनेछ भने पर्सि मतदान गरिनेछ । यद्यपि अध्यक्षसहित केन्द्रीय पदाधिकारीमा सहमतिको प्रयास पनि भइरहेको नेताहरुले बताएका छन् ।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन