कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाइने

    ३० कार्तिक, २०७८



काठमाण्डाै । सेवाग्राहीले कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाउने भएका छन् । 

प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि सेवा चालु नगरिएको यातायात व्यवस्था विभागले जनाएको छ । 

देशभरका यातायात व्यवस्था कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम भर्दा दोहोरो लोड भएको विभागकाे विज्ञप्तिमा उल्लेख छ । 

अहिले प्राविधिकले लोड ब्यालेन्सका लागि काम गरिरहेका विभागले जनाएकाे छ । विभागका अनुसार सेवाग्राहीले याे हप्ता बिहान र बेलुकामात्रै फारम भर्न पाउने भएका छन् ।

सेवाग्राहीले अनलाइन फारम भरेपछि फोटो खिचाउन, मेडिकल रिपोर्टलगायत कामका लागि कार्यालयमा जानुपर्छ । 

देशभरका १२ कार्यालयमा दैनिक लाखौँ सेवाग्राही आइरहेको र त्यो चापले गर्दा प्रणालीमा समस्या आएको विभागले जनाएकाे छ ।

विभागले गएकाे वर्षदेखि अनलाइन आवेदन सुरु गरेको थियो। 

 



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन