अर्घाखाँचीमा नेपाली कांग्रेसको निर्वाचन सरगर्मी बढ्यो

    २८ कार्तिक, २०७८



अर्घाखाँची । अर्घाखाँचीमा नेपाली कांग्रेसको निर्वाचन सरगर्मी बढेको छ। कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला तहसम्मको निर्वाचन तालिका सार्वजनिक भएसँगै सरगर्मी बढेको हो।

निर्वाचन तालिका अनुसार आउँदो मंसिर ३ गते क्षेत्रिय र ६ गते जिल्ला अधिवेशन हुदैछ। नेपाली कांग्रेस सभापती बिष्णु मुस्कानले तालिका सार्वजनिक भइसकेपछि अब निर्वाचन नसर्ने र क्षेत्र तथा जिल्ला तहको निर्वाचन हुने निश्चित भइसकेको बताए। तालिका सार्वजनिक भएसँगै निर्वाचन माहोल तातेको र नेता तथा कार्यकर्ता एकदमै उत्साहित भएको उनले बताए।

निर्वाचनको माहोत तातेसंगै सन्धिखर्कका चोकचोकमा कांग्रेस नेता कार्यकर्ताको बाक्लो उपस्थिती देखिन थालेको छ । गाउँगाउँमा पनी नेता, कार्यकर्ता परिचालित भएका छन्। आफ्नो पक्षमा मत माग्न उनीहरुले प्रचार–प्रसार थालेका छन्। वडा र नगर तथा पालिकाको निर्वाचन यसअघि नै सम्पन्न भइसकेको छन्। ढिलै भएपनि पार्टीको निर्वाचनमा सहभागी हुन पाउँदा जिल्लाका कांग्रेस कार्यकर्ता हर्षित छन्।

अर्घाखाँचीबाट चार जना पार्टी सभापतीका आकांक्षी छन् । वर्तमान सभापती बिष्णु मुस्कान, महाधिवेशन प्रतिनिधी तथा शिक्षक संघका अध्यक्ष यादव घिमिरे, महासमिती सदस्य केशब श्रेष्ठ तथा महाधिवेशन प्रतिनिधी डा. ईन्द्रमणी पौडेलले सभापतीमा दावी गरेका छन् । बिष्णु मुस्कानले सभापती रहँदै गर्दा पाँच स्थानियतहमा जित दिलाएको, उपनिर्वाचनमा मालारानी-३मा जित्न सफल भएको, क्रियाशिल सदस्यता दोब्बरले थप्न सफल भएको लगायतका कार्यहरुको जस लिने ठाउँ छ । अन्य उम्मेद्वारहरु नयाँ नेतृत्व आउनु पर्छ भन्ने पक्षमा छन् ।

केशब श्रेष्ठले आफुले संगठनका निम्ती रगत पसिना बगाएकाले नेतृत्व आफुले पाउनु पर्ने दावी गरेका छन् । स्थाई शिक्षक बाट राजिनामा दिएर सभापती बन्ने दौडमा रहेका यादव घिमिरेले शिक्षक संघमा रहँदा आफुले संगठन बजबुत बनाउन भुमिका खेलेकाले सभापतीमा दावी गरेको बताउँछन् । डा. ईन्द्रमणि पौडेल सबैभन्दा कान्छा सभापतीका उम्मेद्वार हुन् । नयाँ नेतृत्व आउनुपर्छ भन्नेहरुको प्रतिनिधीत्व गरेको उनको भनाई छ ।

यस्तै उपसभापतीमा हालका पार्टी सचिव बिष्णु भुसाल, पुर्व कोषध्यक्ष बाबुराम पौडेल, प्रेम बेल्वासे र अशोक श्रेष्ठ प्रतिस्पर्धामा छन् । उम्मेद्वारी घोंषणा गर्ने क्रम चलिरहेकाले निर्वाचनसम्म आकांक्षीहरु बढ्ने निश्चितनै छ । सचिवमा महाधिवेशन प्रतिनिधी तथा संगठन विभाग प्रमुख कृष्ण खनाल, क्षेत्रिय सभापती तथा पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम, जिल्ला सदस्य संगिता बेल्बासे, पुर्व कोषध्यक्ष हरी खड्का मैदानमा छन् ।

यसका अलावा २५ जना महाधिवेशन प्रतिनिधीमा १ सय भन्दा धेरै आकांक्षी छन् । पुर्व केन्द्रिय सदस्य रेवती भुसाल, पुर्व पार्टी सभापती कमल भुसाल, डा. रामबहादुर बिसी, डा. मुक्ती श्रेष्ठ, निर्मला क्षेत्री, शान्त भण्डारी, छविलाल पौडेल, लेखनाथ पोख्रेल, सुर्य अधिकारी, माधव पौडेल, तुल्सादेवी श्रेष्ठ, पिताम्बर खनाल, नारायण सिंह बेल्बासे, हरी आचार्य, कपिल पोख्रेल लगायत उममेद्वार रहेका छन् । १४ सय भन्दा बढी क्षेत्रिय प्रतिनिधीले निर्वाचनमा भाग लिनेछन् ।

 



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन