प्रतिनिधिसभा उपनिर्वाचन : यस्तो छ टोपबहादुर रायमाझीको क्षेत्रको अंकणित

 भिम बिसि   २८ कार्तिक, २०७८



निर्वाचन आयोगले प्रतिनिधिसभामा खाली भएका ४ सिटको उपनिर्वाचन गराउनका लागी निर्बाचन आयोगले सरकारलाई सुझाएको छ । यसअघि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेको भन्दै माओवादीका चार सांसद् प्रभु साह, टोपबहादुर रायमाझी गौरीशंकर चौधरी र लेखराज भट्टलाई प्रतिनिधिसभा सदस्य नरहने गरी पार्टीले कारबाही गरेको थियो ।

जसमध्ये माओवादीका पूर्व प्रतिनिधिसभा सदस्य प्रभावशाली नेता टोपबहादुर रायमाझी निर्वाचीत अर्घाखाँची क्षेत्र नम्बर १ को उपनिर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

टोपबहादुर रायमाझी यतिबेला माओवादी छाडेर एमालेमा प्रवेश गरेका छन् । यो क्षेत्रमा हुने उपनिर्वाचनमा रायमाझीले फेरि उम्मेदवारी दिँदा एमालेबाट पूरै मत र आफ्नो भोट बैंकबाट केही मत पाए भने विजय नजिक पनि पुग्न सक्छन् । तर, एमाले फुटेका कारण एमालेको भोटमा कस्तो प्रभाव पर्छ र कांग्रेसले उठाउने उम्मेदवारको आधारमा रायमाझीको अवस्था थाहा हुनेछ । माओवादीलाई भने यहाँ पनि आफ्नो बर्चस्व देखाउनुपर्ने चुनौती छ ।

२०७४ सालमा अर्घाखाँची क्षेत्र नम्बर १ बाट तत्कालीन बाम गठबन्धनका उम्मेदवार माओवादी नेता टोपबहादुर रायमाझीले  उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डा. रामबहादुर बीसीलाइ हराएर प्रतिनिधिसभा सदस्य बनेका थिए ।

 



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन