छत्रदेवमा श्रीमानले गरे श्रीमतीको हत्या

    २८ असोज, २०७८



अर्घाखाँची । अर्घाखाँचीमा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

गुल्मी जिल्ला ईस्मा गाउँपालिका वडा नम्बर २ हल्दीटारा घर भई हाल अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ८ मा घर भाडा गरी बस्ने ४३ वर्षिय लाल बहादुर कुमालले आफ्नो श्रीमती ३० वर्षिय श्रीमति सिता कुमाललाई कुटपिट गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

गएराति श्रीमान र श्रीमती बिच घरासी विवाद हुँदा आफ्नै श्रिमानले कुटपिट गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिए ।

कुटपिटमा संग्लगन कुमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिए ।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन