अर्घाखाँची : पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टी

    २५ असोज, २०७८



अर्घाखाँची । अर्घाखाँचीमा साेमबार ४ जना कोरोना संक्रमित थपिएका छन् ।

सन्धिखर्क नगरपालिकामा १ जना, शितगंगा नगरपालिकामा १ जना,   र मालारानी गाउँपालिकामा १ जना गरी ४ जनामा संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ३ सय ६० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ७ जना कोरोना मुक्त भएसंगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ४ हजार एकसय ७७ पुगेको छन ।

अब जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या १०० रहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । यस्तै  कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन