अफगानिस्तानमा कुपोषणका कारण १० लाख बालबालिकाको ज्यान जाने खतरा

    २५ असोज, २०७८



एजेन्सी । अफगानिस्तानमा तत्काल सहायता नपुगे त्यहाँका  १० लाख बालबालिकाको ज्यान जाने खतरा रहेको युनिसेफले जनाएको छ ।

यही हप्ता अफगानिस्तानको भ्रमण गरेका युनिसेफका उप कार्यकारी निर्देशक उमर आब्दीले तत्काल सहायता नपुगे कम्तीमा पनि १० लाख अफगानी बालबालिकाको कुपोषणका कारण ज्यान जाने जोखिम रहेको बताए । उनले अफगानिस्तानमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएकाले अवस्था जटिल बन्दै गएको पनि उल्लेख गरेका हुन ।

उनले आफ्नो भ्रमणका क्रममा काबुलमा रहेको एक बाल अस्पतालमा गम्भीर कुपोषण भएर भर्ना भएका बालबालिकासँग भेट गरेका छन । यस्तै, युनिसेफले तालिबानलाई बालबालिकाको स्वास्थ्यमा ध्यान दिन र खोप तथा पोषणयुक्त खानेकुरा र स्वच्छ पानी उपलब्ध गराउन आग्रह गरेको छ।

यस्तै, बालबालिकाहरु पोलियोको जोखिममा पनि रहेकाले उनीहरुलाई तत्काल खोप दिने व्यवस्था गर्नसमेत  युनिसेफले आग्रह गरेको छ।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन