सुनको मूल्य घट्यो, चाँदी स्थिर

    २० असोज, २०७८



नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ। बिहीबार सुन तोलामा ४ सयले घटेर ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। बुधबार सुन तोलाको ९० हजार ३ सयमा कारोबार भएको थियो । 

तेजावी सुन तोलाको ८९ हजार ४५० रुपैयाँमा कायम गरिएको छ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी तोलाको एक हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन