एकीकृत समाजवादीको महासचिवमा अर्घाखाँचीका बेदुराम भुषाल

    ७ असोज, २०७८



काठमाडौं नेकपा एकीकृत समाजवादीको महासचिवमा अर्घाखाँचीका बेदुराम भुषाल बन्ने निश्चित भएको छ ।

उनलाई महासचिव बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्ने तयारी छ। तर, अझै टुंगो लागिनसकेको समाजवादीका एक नेताले बताए । मंगलबारबाट सुरु भएको समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ ।

पार्टीको महासचिवका लागि बेदुराम भुसाल, मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, डा. विजय पौडेल, रामकुमारी झाँक्री, प्रकाश ज्वाला, डा. गंगाधर तुलाधरको पनि चर्चा छ । उनीहरुमध्ये भुसालको सम्भावना बलियो रहेको समाजवादी निकट नेताहरु बताउँदै आएका छन्।

 

 



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन