एमसीसी लागु हुनु भनेको आगोको भुङ्ग्रोमा पस्नु हो : विप्लव

    ७ असोज, २०७८



पोखरा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’एमसीसी लागु भए देश आगोको भ्रुम्रोमा पस्ने बताएका छन्। अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनलाई पोखरामा बुधबार सम्बोधन गर्दै महासचिव विप्लवले एमसीसीसँगै अमेरिकी साम्राज्यवाद आउने बताए। 

एमसीसी लागु भए जनताको ठूलो प्रतिरोध झेल्नु पर्ने बताउँदै महासचिव चन्दले एमसीसी त जल्छ जल्छ त्योसँगै एमसीसी बोक्ने पार्टी पनि जल्ने बताए। एमसीसी राष्ट्र र राष्ट्रियताको पक्षमा नभएको उनले बताए। एमसीसी गलत सम्झौता भएको बताउँदै उनले राष्ट्रको हितमा नरहेको दोहोर्‍याए। जनताको सहमति बिना, सबै राजनीतिक पार्टीहरुको सहमति बिना एमसीसी लाद्न नपाइने उनले बताए। एमसीसीको बारेमा बहस छलफल गर्न उनले अनुरोध गरे। 

यस्ता सम्झौता हुँदा नेताहरु राष्ट्रियताको हितलाई नहेरी कमिसनमा पर्ने बताउँदै कमिसनको खेलमा परेर राष्ट्रको हितविपरितको सम्झौतामा नफस्न उनले सचिवहरुलाई पनि अनुरोध गरे। जनताको जागरणलाई लेखकहरुले कलमद्धारा घुमाउन खोजेको बताउँदै जनताको जागरणलाई मोड्ने काम नगर्न महासचिव विप्लवले अनुरोध गरेका  छन्। एनसेलको अरवौं उठाउन नसक्नु प्रति उनले सरकारको असफलता रहेको बताए। पार्टीहरु कमिसनको लोभमा परेर राष्ट्रहित विपरित सम्झौता गर्ने गरेको बताउँदै जनताले त्यसको प्रतिरोध गर्ने बताए। 

तीन बुँदे सम्झौता लागु नगरे, घेरा हालेर तोडिन्छ 

महासचिव चन्दले सरकारसँग भएको तीन बुँदे सम्झौता लागु नभएको भन्दै सम्झौता कार्यान्वयन गर्न सरकारलाई अनुरोध गरे। दुई महिना अघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सम्झौता लागु गर्न अनुरोध गरे पनि अझै कार्यन्वयन नभएको बताए। आफ्नो पार्टीका नेता कार्यकता अझै पनि जेलमा रहेको बताउँदै सम्झौता कार्यान्वयन नभए र घेरा हाल्ने काम भए घेरो तोडीने बताए। 

माओवादी आन्दोलन प्रेम गरेको नाटक गरेर सोझी युवतीलाई बम्बइको कोठीमा बिक्री गरे जस्तो नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले नेपालमा जनताको साथ र क्रान्तिले गणतन्त आए पनि त्यो गणतन्त्र जनतालाई भने अझै नआएको बताए। राज्यले नेपाली युवा र वैज्ञानिक समेत विदेशमा बिक्री गरेर मेनपावस सप्लायरको रुपमा काम गरेको बताए। युवा जनशक्ती र नेपाली चेलीलाई समेत विदेशमा बिक्री गरेर जानताको खुन पसीना लुट्ने, भ्रष्टाचार गर्ने गरेको उनले बताए। 

जनतालाई शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी नगर्ने सरकार जनताको सरकार हुन नसक्ने बताए। युवालाई विदेशमा बिक्री गर्ने अवस्था आउनु जाताकालागि गणतन्त्र आएको मान्न नसकीने उनले स्पष्ट पारे। 

नुवाकोटको सोझी बैनीलाई प्रेम गर्छु भनेर काठमाण्डौं ल्याएर बम्बईमा बिक्री गरे जस्तो माओवादी आन्दोलन भएको बताउँदै उनले सोझा साझा जनताालाई समानता, जनवाद र साम्यवादको नारा दिएर झुक्याएर आन्दोलनको मोर्चाबाट भागेको बताए। जनता बिच समानता, स्वास्थ्य, शिक्षा र रोजगारको अवसर नपाए सम्म जनताको गणतन्त्र देशमा नआउने बताए। 

यसैका लागि आफूहरु क्रान्तिको होमिएको उनले बताए। शिक्षा, स्वास्थ्य निशुल्क हुनु पर्नेमा निजीकरण गरेर सरकारले नागरिकलाई गरिव र धनीको कित्तामा बाढेको पनि उनले सुनाए। यसको अन्त्य गर्न पनि आफूहरुले विद्रोह गरेको उनले बताए।  २१ औं शताब्दीमा युवालाई विदेशमा बिक्री गर्ने कार्य रोकेर देशमै रोजगारका अवसर सृजना गर्न पनि उनले सरकारसँग माग गरे। 

कार्यक्रममा स्कूलको पोशाकमै ९ र १० कक्षामा अध्ययन गर्ने विद्यार्थी पनि सहभागी थिए। पोखराको मानवअधिकार चोकमा पोखराको व्यस्त सडक चिप्लेढुंगा—सिद्धार्थ चोक सडक खण्डा रोकेर कार्यक्रम भएको थियो। सडकमै कार्यक्रम भएको बारेमा आयोजकले अव फेरि नगर्ने भने बताएका थिए। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राप्रपा लगायत पार्टीले सडक नै रोकेर कार्यक्रम आयोजना गरेकोमा स्थानीयले विरोध गर्दै आएको छन्।  

 

 



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन