१०३ अंकले घट्यो नेप्से, पौने ५ अर्बको मात्र कारोबार

    ४ असोज, २०७८



काठमाडौँ । सवा दुई घण्टाको अवधिमा सेयर कारोबार मापक नेप्से परिसूचक करिब १ सय अंकले घटिसकेको छ ।

सोमबार बजार खुल्दादेखि नै घट्न थालेको नेप्से पछिल्लो समय तीव्र रुपमा घट्न थालेको हो । सोही क्रममा १:२५ बजेसम्म नेप्से १०३ अंकले घटिसकेको छ ।

कारोबार रकम भने ४ अर्ब ७८ करोड रुपैयाँबराबरको छ । गत साता पछिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्सेले यो साताको सुरुदेखि नै तीव्र गतिमा ओरोलो लागेको हो ।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन