प्रचण्ड र माधव नेपालको बोली र व्यबहारमा ठुलो अन्तर छ : नेता रायमाझि

    २ असोज, २०७८



अर्घाखाँची । नेकपा एमालेका नेता रामबहादुर रायमाझीले माओवादी केन्द्र र माधव समुहमा बैचारिक विचलन आएको बताएका छन ।

उनले नेकपा एमाले सन्धिखर्क वडा नं.९ कमिटीको विस्तारित बैठकमा मन्तव्य राख्दै प्रचण्ड र माधव नेपालको बोली र व्यबहारमा ठुलो अन्तर रहेको भन्दै उनिहरु जनताबाट तिरस्कृत हुने दावी समेत गरे ।

नेकपा एमालेका अर्का नेता केवी भुसालले नेपाली कम्युनिस्ट आन्दोलनको मुल प्रवाह नेकपा एमाले भएको भन्दै ढुक्कसँग पार्टी काममा लाग्न कार्यकर्तालाई अग्रह गरेका छन ।

यस्तै बैठकले पार्टी कामलाई थप व्यवस्थित बनाएर जनताको बीचमा जाने निर्णय समेत गरेको छ । 

वडा कमिटीका अध्यक्ष तुल्सिराम रायमाझीको अध्यक्षता र बसन्त के.सी. संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्यहरु रामबहादुर रायमाझी (ख),सरोज भुसाल ,खुबिराम आचार्य,जिल्ला कमिटी सदस्य मेख बहादुर कार्की ,बलाराम रायमाझी,पदम भुसाल लगायतका वक्ताहरूले मन्तव्य राखेका थिए । कार्यक्रममा टोल कमिटीका अध्यक्षहरुले आ-आफ्नो टोलको रिपोर्टिङ समेत गरेका थिए ।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन