कविता : कलमको उमेर

    ३ भदौ, २०७८



धिरज बराल 

कलमको पनि

उमेर हुँदो रहेछ–
बाल्यकाल टेक्दा
कतै भित्तामा, शरीरमा,
जहाँपायो त्यहीँ
निर्धक्क कोर्दो रहेछ
बेढङ्गको धर्का–धर्की, वृत्त या
कुनै भद्दा आकार,
विद्यालय जान थालेपछि
बडो अनुशासित भई
लेख्दो रहेछ कलम – क, ख, ग, घ….
ए, बी, सी, डी…१, २, ३, ४….,
शब्द अनि वाक्य,
विविध ज्ञान–विज्ञान लेख्दा लेख्दै
किशोर जोशमा कलम यौवन लेख्दो रहेछ,
लेख्दो रहेछ– माया प्रेम,
मिलन, बिछोड,
लेख्दा लेख्दै रचनात्मक भविष्य
लक्का जवान कलम
अहङ्कार अनि विप्लव  लेख्दो रहेछ,
गर्दा गर्दै राजनीति
अधबैँसे कलम
सुझबुझ र चतु¥याइँले
समाज अनि देश लेख्दो रहेछ,
चरणबद्घ लेख्दा लेख्दै
वृद्घावस्थामा पुगेको कलम
अनुभव र परख सँगालेर
बडो विनम्रतापूर्वक
जीवन–दर्शन लेख्दो रहेछ,
कलमको पनि
उमेर हुँदो रहेछ !

 

काठमाडौँ, नेपाल

dhirazzbaral@gmail.com



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन