दिल्लीबाट आएका थिए सर्लाहीका १४ वर्षीय संक्रमित किशोर

    ११ बैशाख, २०७७



 काठमाडौं, वैशाख ११

सर्लाहीका एक जना किशोरमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ। गत शुक्रबार पिसिआर जाँच गराउन जनकपुरधाम ल्याइएका १४ वर्षीय किशोरमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो।

सर्लाहीको धनकौल गाउँपालिका घर भएका उक्त किशोरको गत शुक्रबार आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पिसिआर जाँचका लागि ल्याइएको थियो ।

किशोर गत चैत २३ गते  भारतको राजधानी दिल्लीबाट धनकौल फर्केका थिए।

भारतबाट आएको जानकारी पाएपछि प्रहरीले उनलाई गाउँकै क्वारेन्टाइनमा राखेको थियो।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन