कोरोना सङ्क्रमित युवकउपचारपछि निको, आजै डिस्चार्ज गरिने

    ७ बैशाख, २०७७



काठमाण्डौ, बैशाख ७
धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएका छन् । उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक पुरुषको पछिल्लो रिपोर्ट नेगेटिभ आएको र उहाँ स्वस्थ्य भएर आजै डिस्चार्ज हुन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सेती प्रादेशिक अस्पतालमा उपचाररत एक पुरुषलाई डिस्चार्जको तयारी भएको जानकारी दिनुभयो ।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन