‘पोई पर्यो काले’को शीर्ष गीत सार्वजनिक (भिडियोे)

 अर्थ बुलेटिन   ६ असोज, २०७६



काठमाडौं–  फिल्म ‘पोई पर्यो काले’को शीर्ष गीत सार्वजनिक गरिएको छ ।  कार्तिक ८ गते दिपावलीलाई लक्षित गरेर  रिलिज गर्न लागेको लागिएको फिल्मको शीर्ष गीत आइतबार सार्वजनिक गरिएको हो ।    अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको शब्द रहेको गीतमा रामचन्द्र काफ्ले र अन्जु पन्तले आबाज दिएका छन् ।  रामजी लामिछानेको कोरियोग्राफीमा सौगात मल्ल, आकाश श्रेष्ठ, पुजा शर्मा, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर र सुरक्षा पन्त फिचर्ड छन् ।

शिशिर राणाको लेखन तथा निर्देशन उक्त फिल्ममा सौगात, पुजा, आकाश, श्रृष्टी, सोहित, सुरक्षासँगै किरण नेपाली, श्रृष्टी खड्का, शिशिर राणा, राजाराम पौडेल, विनोद खतिवडा, श्याम राई, गोपाल ढकाल, राजेन्द्र नेपाली लगायत कलाकारको मुख्यष् अभिनय रहेको छ ।  राजिव गुरुङ र सरोज नेपालीको लगानी रहेको  फिल्ममा  किरण नेपाली प्रस्तुतकर्ता रहेका छन् ।   शिव ढकालको छायांकन  तारा थापाको सम्पादन रहेको फिल्ममा गरेको फिल्ममा अमलादेवी राई कार्यकारी निर्माता रहेकी छिन् ।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन