विकास बहस: कस्तो विकास, कसका लागि विकास ?

 रामचंद्र उप्रेती   ४ माघ, २०७५



बाटो, विजुली, अस्पताल, स्कुल, ठूला महल, चिल्ला गाडि आदिलाई विकासको पर्याय बनाएको पाइन्छ । अहिले धेरै विभिन्न तहका सरकारले यिनै कुरामा जोड दिएको पनि देखियो । अझ अहिले त पर्यटकलाई आप्mनो क्षेत्रमा भित्र्याउने र विकास भोग्ने सोच  धेरै छ । त्यसका लागि बाटो, विजुली, होटलले मात्रै नपुगेर टावरको अवधारणा बाक्लै आउने गरेको छ । 

पुरानो उखान छ अरुले हात्ती चढे भनेर आपूmले धुरी चढ्नु हुदैन । टावरको उपयोगिता, लागत, प्रभाव सबै विषयमा ध्यान दिएर टावर निर्माण गर्नु नराम्रो होइन । तर टावरलाई विकासको प्रतिक मानियो भने टावर घाँडो अथवा सेतो हात्ती नहोला भन्न सकिन्न । जस्तो अरुको ठूलो घर देखेर आपूmले पनि ठूलो घर बनाउने तर घरमा नियमित रंगरोगन गर्न नसक्ने, मर्मत सम्भार गर्न नसक्ने र उपयोग पनि उचित तरिकाले गर्न सकिएन अझ ऋण गरेर बनाएको रहेछ र व्याज तिर्न पनि हम्मे भयो भने त्यस्तो घरले सम्पन्नता दिने होइन भएको सम्पन्नता, सुख र खुसी लिएर जान्छ । यस्ता उदाहरण धेरै पाइन्छ । 

मैले सुनेको थिएँ नेपालको सिमावर्ती भारतको एउटा गाउँमा त्यहाँका नेतालाई गाउँमा बाटो विजुली पुर्याएर विकास गर्ने जाँगर चलेछ र गाउँमा पहिला बाटो र पछि विजुली पुर्याएछन् । विजुलीका पोलपोलमा उज्यालोको लागि बल्ब पनि राखिएछ । तर ती बल्ब तुरुन्तै फुटाईदो रहेछ । निकै पटक बल्ब फेरिरहने काम भएछ । सधै बल्ब फुटेकाले किन बल्व फुटाइयो भनेर खोजी भएछ । कारण पत्ता लागेछ । कारण रहेछ गाउँका महिलाले राती गएर लामो झट्टी प्रयोग गरेर ती बल्ब फुटाउँदा रहेछन् । 

किन त्यसो गरियो भनेर अनुसन्धान गर्दा कारण पत्ता लागेछ । महिलाहरु कि राति कि विहानको झिसमिसेमा दिसा गर्न त्यो बाटोको छेउछाउमा गएर बस्दा रहेछन् तर त्यहाँ बत्ति बलेपछि समस्या भएछ र मिलेर बल्ब फुटाएका रहेछन् । त्यो गाउँमा विकासको नाउँमा बालिएका बत्तिले त्यहाँका जनताको जीवनमा सहज होइन समस्या ल्याएकाले बल्ब फुटाइयो । त्यहाँ वास्तवमा आवश्यकता के को थियो ? त्यसको खोजी भएन । 

भारतको विकासको त्यो अवस्था देखेका नेपाली नेताले नजिकैको सिमामा पर्ने नेपाली गाउँमा घरघरमा शौचालय निर्माणको अभियान नै चलाएछन् । शौचालय बनाउन अनुदान दिए । शौचालय बनिए । सबैको घरमा शौचालय बनेको खुसियालीमा विकासे नेताले गाउँमा धुमधामका साथ उत्सव मनाए । छ महिनापछि त्यहाँको अवस्था बुभ्mन जाँदा गाउँका धेरै शौचालय प्रयोगविहिन भएको पाएछन् । यसको खोजी भयो । कारण रहेछ पानीको अभाव र संस्कृतिक मुल्य एवं मान्यता । गाउँका मानिसले खोलाको पानी प्रयोग गर्ने भएकाले खोलाबाट पानी बोकेर ल्याउने र शौचालयमा प्रयोग गर्ने कुरा व्यवहारिक नभएकाले शौचालयको प्रयोग गरिएनछ । 

त्यस्तै घरका महिला र पुरुषले एकै स्थानमा शौच गर्नु हुदैन भन्ने चलन वा सांस्कृतिक मान्यताका कारण घरमा भएको एउटा शौचालयमा या त महिलाले या त पुरुषले मात्रै शौच गर्न मिल्ने भएछ । महिला बेलुका हुल बाँधेर गफिदै शौच गर्न निस्कने र पुरुष विहान लोटा बोकेर खोला जाने गरेकाले शौचालयको आवश्यकता नै परेनछ र ती शौचालय प्रयोगविहिन भएछन् । त्यसैले ती अधिकांस शौचालयमा त दाउरा, कुखुरा, कुकुर आदिलाई राख्ने गरिएको रहेछ । त्यहाँ शौचालयसँगै खानेपानी र चेतनाको आवश्यकता थियो । तर त्यो भएन, पुगेन ।

अस्ति भर्खर रेडियोमा सुने कर्णालीका कतिपय जिल्लामा गाउँ पालिकाको अगुवाईमा छाउ गोठ भत्काइयो । कति गोठ त घर धनीलाई थाहै नदिइ भत्काइएछ । महिनावारी भएका महिला छाउ गोठमा बस्न जाँदा छाउगोठ भत्काएको थाहा पाएपछि सेउलाले बारेर बस्नु परेको र जोखिम झन् बढेको भन्ने सुनियो । त्यहाँ विकासका लागि छाउ घर भत्काईए तर त्यसले झन् विपत आइलाग्यो ।

अहिले धेरै पहाडी गाउँमा विकासको होडले डाँडा, पाखा र भित्तामा डोजर चलाईदैछ । त्यसले पहिरोको खतरा बढेको र पानीका मुहान सुक्न थालेको सुनिन थालेको छ । 
विकास सबैको लागि एउटै मोडलको आवश्यकता हुदोरहेनछ । भोकालाई खान, नाङालाई लुगा, बेघरलाई घर, रोगीलाई उपचार, बेरोजगारलाई रोजगारी, हेपिएकालाई न्याय, विभेदमा परेकालाई समानता भएमात्र विकासको अनुभूति हुने हो । विकास मानिसको आवश्यकता भन्दा पर खोजेर, दिएर र देखाएर नहुने रहेछ । विकासको पहिलो खुट्किलो भनेको मानिसको हातमा काम हुनुपर्यो, त्यसले जीवन चलाउन पुग्ने आम्दानी दिन सकोस् । शिक्षा, स्वास्थ शुलभ होस् । सुरक्षित भएको महशुस होस् । हेपिनु नपरोस् । यी आधारभुत कुरा हुन् । यसका लागि सबै तहका सरकारको ध्यान जान सक्नुपर्छ ।

आपूmले भोग्नै नसक्ने विकासको कुनै अर्थ हुदैन । जस्तै आपूm बसेको गाउँ हेर्दाहेर्दै शहर भयो । बाटो, विजुली, महँगा स्कुल, अस्पताल, महल, टावर, विलासी बस्तुको व्यपार आदि आदि । यहि विकासको कारण यहाँ जिउन नसकिने भएर फेरी अर्को कुनै गाउँको खोजीमा पुर्खादेखि बसेको थातथलो छाडेर हिँडनु पर्ने भयो भने त्यो विकासको के अर्थ । त्यसैले विकास आम मानिसको जीवनसँग जोडिएर आउनुपर्छ । रहनसहन, वातावरण, चेतना, आवश्यकता, अनुकुलता, संस्कार संस्कृति, मेलमिलाप, समान अवसर, न्याय, सुरक्षा, रोजगारी जस्ता विषयसँग जोडिएर विकास गर्न सके मात्रै दिगो र सबैका लागि विकास हुन्छ ।

हुनेले नहुनेलाई दिएर विकास हुन्छ जस्तो लाग्दैन । जस्तै जोसँग छैन उसलाई दिएर समस्याको समाधान हुदैन । जोसँग छैन उसको क्षमताको विकास गरेर, उसलाई सक्षम बनाएर, आप्mनो समस्या आपैm समाधान गर्न सक्ने बनाएर मात्रै समस्याको समाधान गर्न सकिन्छ । त्यसका लागि नहुनेलाई दान होइन उपाय सिकाउने, गर्न लगाउने, गर्न सक्ने बनाउने, आवश्यक सहयोग गर्ने । यो काम सरकारको हो, समाजको हो । जब अधिकांस मानिस आप्mनो आधारभुत समस्या आपैm समाधान गर्न सक्ने हुन्छन् तब विकासको अनुभुति सबैले गर्न सक्छन् । विकास सबैले समान रुपले उपभोग गर्दैनन् र आवश्यकता पनि पर्दैन । मानिसको क्षमतामा विकास, अनुकुल वातावरण र अवसर भए व्यक्ति परिवार समाजले विकास भोग्न सक्छ । त्यस्तो विकासको लाभ मानिसले आप्mनो आवश्यकता अनुकुल उपभोग गर्न सक्छन् ।

कुनै पनि व्यक्ति, परिवार, संस्था, समाज, समुदाय, सम्प्रदाय, देश कसैले धन, दान, अनुदान दिएर धनी भएको र विकास गरेको छ भन्ने मलाई लाग्दैन । यदि त्यसरी विकास भएछ नै भने पनि त्यो दिगो हुदैन । जस्तै कुनै घर नभएको परिवारलाई घर बनाएर सित्तैमा दिने हो भने त्यो घर सफा गरिदिने, मर्मत गरिदिने, जोगाई दिने, रेखदेख गरिदिने काम पनि गरिमाग्न सक्छन् । तर आप्mनै मेहनतको कमाईले घर बनाएको रहेछ भने त्यो घरको सम्भार, सफाई, रेखदेख, सबै घरमा बस्नेले गर्छन् । त्यसैले घर सित्याईमा होइन घर सस्तोमा बनाउने वा खरिद गर्ने गरि सहयोग गर्न सक्नुृपर्छ । आवश्यक र उपभोग्य बस्तु सित्तैमा होइन सस्तोमा दिन प्रयास गरौं । आम्दानी नभएकालाई अनुदान होइन, रोजगारी र कामसँग जोडेर जिउने कला सिकाउने गरौं । यसले विकासको जग बलियो बनाउँछ ।

केही दिन अगाडि एउटा पत्रिकामा बर्दिवासमा धुर्मुस सुन्तली फाउण्डेसनले बनाई दिएको घरमा बस्ने मुसहरको अवस्थाका बारेमा समाचार आलेख छापिएको पढें । मुसहरले राम्रो घर पाए तर उनको जीवनमा राम्रो घर बाहेक अरु कुनै कुरामा सुधार आएन । अझ केहीले त त्यहाँ सुँगुर पाल्न नपाएको गुनासो गरेछन् । कारण थियो उनीहरुको आम्दानीको एउटा श्रोत सुँगुर पालेर हुने आम्दानी पनि रहेछ । यसको अर्थ यो होइन कि उनीहरुको जीवनमा कुनै सुधार भएन, विकास भएन । पहिला बासको चिन्ता थियो अहिले छैन । त्यसमा फरक भएको छ । फरक उनको जीवन जिउने कुरा, स्वास्थ, शिक्षा, उपभोग, संचयमा, पेशा व्यवसायमा, सामाजिक पहुँचमा पनि आवश्वक छ । एउटा सुविधा थपिदा अर्थात एउटा पक्षको विकास हु्ँदा अर्को पक्षको विनास हुनु हुदैन ।

केहीलाई लाग्छ धनी भएपछि स्वतः विकास हुन्छ । त्यस्तै अरु केहीलाई लाग्छ चौडा बाटो, बाटामा चिल्ला गाडि, ठूला महल, जताततै ठुलाठुला पसल, विजुलीको चमक, मेट्रो, जहाज, ठूला स्कुल, अस्पताल, कारखाना, मानिसको भिडभाड आदिआदि विकास हुन् । हो, यी पनि विकासका संकेत हुन् तर विकासको अन्तिम सिमा यो होइन भन्ने हो । यी सबै हुँदा यसको उपभोग गर्ने क्षमता समाजका केही सिमित मानिसमा मात्रै हुने र बहुसंख्यक मानिस त्यस्तो विकासबाट लाभान्वित हुन सकेनन् भने विकास अधुरो हुन्छ । 

विकास धन र सुविधाका साधन मात्रै होइनन् । विकास मानिसको मन भित्रको सन्तुष्टि, खुसी, ओठमा आउने मन्द मुस्कान, तनावरहित जीवन र जीवनको सन्तुष्टि हो । त्यो सबैका लागि हुन सके मात्रै विकास भएको मान्न सकिन्छ । हामीसँग धन भयो, सुविधा थपियो तर खुसी हराउँदै गयो र तनाव थपिदै गयो भने कसरी भनुँ यहाँ विकास हुदैछ भनेर  ।

 



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन